फुलपातिमा चार नेपाली चलचित्र, कसले मार्ला बाजी ?

काठमाडौं । ‘माइतीघर’, ‘बलिदान’ र हरिबहादुरको जुत्ता’ दशैंको फुलपाति, असोज १३ मा भिड्ने पक्का छ । ठूला बजेट र मल्टिस्टारर यी चलचित्रमध्ये कसले दर्शकको मन जित्ला भन्ने कौतुहलता चलचित्र वृत्तमा छ ।

‘माइतीघर’मा केदार घिमिरे माग्नेबूढा, धिरज मगर, प्रकाश सपूत मुख्य भूमिकामा छन् । ‘बलिदान’ समिर भट्टको दोस्रो चलचित्र चलचित्र हो । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य प्रमुख भूमिकामा छन् । यी तीन चलचित्र नै यस वर्षको प्रतीक्षित चलचित्र हुन् ।

यी चलचित्रको भिडमा अब ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ थपिएको छ । कामेश्वर चौरासिया, सरिता गिरी, लक्ष्मी बर्देवा मुख्य भूमिकामा रहेको यो चलचित्र गत भदौ २७ मा प्रदर्शन हुने तयारीमा थियो । तर, जेन जीको आन्दोलनका कारण निर्धारित मितिमा प्रदर्शन हुन नसकेको यो चलचित्र अब फूलपातिमा प्रदर्शन हुने भएको हो ।

चलचित्र विकास बोर्डको तथ्यांक अनुसार नेपालमा हाल १६५ वटा चलचित्र हलहरु आधिकारिक रुपमा संचालनमा छन् । यी चलचित्र हलबाट अधिकतम रुमा ६ सय हाराहारी शो निस्कन्छन् । यी शोमा बलिउड र हलिउड चलचित्र पनि मिसिन्छन् । सँगै दशैंका दिनबाट बहुबर्चित चलचित्र ‘कान्तारा’को दोस्रो भाग पनि प्रदर्शन हुँदैछ ।

अब एकै दिन ठूल्ठूला बजेटका नेपाली चलचित्र हलहरुमा भिड्दा कसले बाजी मार्ला भन्ने कुरा प्रतीक्षाको विषय बनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *