सबै ‘स्टेकहोल्डर’लाई सरकारमा समेट्न राप्रपा नेता खुश्बु ओलीको ध्यानाकर्षण

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा पछिल्ला आन्दोलनमा अग्रमोर्चामा रहने गरेकी युवा नेता खुश्बु ओलीले देशका सबैखाले राजनीतिक स्टेकहोल्डरलाई समेटेर सरकार गठन गर्न प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएकी छन् ।

आन्दोलनबीचमै सम्झौता गरेर टुंग्याइएकोमा असन्तुष्ट रहेकी ओलीले सरकार गठनको प्रक्रियालाई समावेशी बनाउन नसकिए गल्ति हुने बताएकी छन् । उनले आफ्नो वक्तव्यमा २०६२-६३ को जनआन्दोलनपछिको जस्तो गल्ति नगर्न भनेकी छन् ।

वक्तव्यमा भनिएको छ- २०६२/६३ जनआन्दोलनपछि अपनाइएको शान्ति प्रक्रियामा सबै स्टेकहोल्डरलाई संलग्न गरेर समावेशी नबनाउँदा देशमा शान्ति, स्थायित्व कायम हुन सकेन । अहिले पनि प्रक्रियालाई समावेशी बनाउने सम्बन्धमा कसैले बोलेको ध्यान दिएको पाइदैन । यसतर्फ सबैको ध्यान जाओस् । यस सम्बन्धमा म प्रधानमन्त्री शुशीला कार्कीज्यूको ध्यनाकर्षण गराउन चाहन्छु ।

राप्रपाले राजसंस्थासहितको नयाँ राजनीतिक समझदारी नभएसम्म देशले फेरि आन्दोलन भोग्ने बताइरहेको छ ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *