पारसले पोखे नैराश्यता- व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले देशको स्थितिप्रति निराशा प्रकट गरेका छन् ।

जेन जी आन्दोलनमा दर्जनौँ युवाहरूले ज्यान गुमाएको सन्दर्भमा उनले फेसबुकमार्फत आफ्नो भावना पोखरेका हुन् ।

पारसले भनेका छन्, ‘हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली।’

उनको स्टाटस यस्तो छ:

हाम्रो देश, नामको देश

जता हेरे,त्यतै निराशा, काम भन्दा भाषण बढी,

गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता,

हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देशलाई हार्दिक श्रद्धाञ्जली।

शहीद भएका छन्, धेरैलाई बनाइएको छ,

सायद मर्नु शहीद हुनु हो भने,

हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ।

निःशब्द ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *