बालकोट हिँडेका प्रदर्शनकारी मनोहरा पुलबाट फर्काइए

काठमाडौं । भक्तपुर, बालकोटस्थित प्रधानमन्त्री निवास घेर्ने लक्ष्यका साथ त्यसतर्फ अगाडि बढेको जेन जी आन्दोलनकारी मनोहरा पुलबाट फर्काइएका छन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एक अधिकृतका अनुसार एउटा जुलुस टोली काठमाडौंबाट बालकोटतिर लागेको सूचना प्राप्त हुनासाथ मनोहरास्थित काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा तैनाथ प्रहरी टोलीले उनीहरूलाई त्यहीँबाट फिर्ता पठाएको हो ।

डेढ–दुई सयको संख्यामा उनीहरू थिए । उनीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका थिए ।

काठमाडौंको नयाँ बानेश्वरमा कर्फ्यु लागेपछि प्रदर्शनकारी अन्य स्थानमा छरिएका छन् ।

Comments

One response to “बालकोट हिँडेका प्रदर्शनकारी मनोहरा पुलबाट फर्काइए”

  1. ksp pyl Avatar
    ksp pyl

    यी प्रचण्डका गुण्डाहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *