संसद भवनको कम्पाउन्डमा पसेका थिए करिब १०० प्रदर्शनकारी, प्रहरीले निकाल्यो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनभित्र प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले त्यहाँबाट हटाएको छ । प्रहरीका अनुसार झण्डै सय जना प्रदर्शनकारी पर्खाल नाघेर भित्र पसेका थिए ।

संसद भवनको कम्पाउन्डभित्रै प्रहरी र प्रदर्शनकारीबीच मुठभेड भएको थियो । एक प्रदर्शनकारीले हातमा घरेलु हतियारसमेत बोकेर प्रहरीलाई लखेटेका थिए । केहीले ढुंगा र ईंटा बोकेका थिए ।

निकै बेरको प्रयासपछि प्रहरीले उनीहरुलाई निकाल्न सफल भएको हो । प्रदर्शनकारीहरु संसद भवनभित्रै छिर्न भने सकेनन् । आन्दोलनका क्रममा पर्खाल नाघेर प्रदर्शनकारीहरु भित्र छिरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *