काठमाडौं । बाली भित्र्याउने पर्वको रुपमा आज अल्पसंख्यक चेपाङ समुदायले न्वागी मनाउँदैछन् ।
न्वागी उक्त समुदायको सबैभन्दा ठूलो पर्व हो । यसअन्तर्गत घरमा नयाँ बाली भित्र्याउने र पितृलाई चढाएपछि खानपिन गर्ने प्रचलन छ ।
२०७८ को जनगणना अनुसार नेपालमा चेपाङको जनसंख्या ८४ हजार ३६८ छ ।
गोरखा, लमजुङ, धादिङ, चितवन र मकवानपुरका कृषियोग्य क्षेत्रमा यो समुदायको प्रमुख बसोबास छ ।
त्यसबाहेक देशका विभिन्न २६ जिल्लामा यो समुदायको छिटपुट बसोबास रहेको उक्त समुदायका अग्रज पत्रकार नेपोलियन चेपाङले बताए ।

Leave a Reply