सुन पसलमा धितो राखिएका गहना व्यक्तिको घरमा, ४ करोडभन्दा बढी ब्याज असुलेकाे रकम फेला

काठमाडौं । पैसाको गर्जो टार्न सुन पसलमा गरगहना धितो राख्ने ग्राहकसँग भनेजति ब्याज असुल्ने धन्दा थियोे, गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको ४ करोड २५ लाख ५० हजार रुपैयाँ बरामदको घटना ।

प्रहरीले मंगलबार श्रेष्ठको घरमा छापा मारेर उक्त रकम बरामद गरेको थियो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६, बसपार्क घर भई हाल काठमाडौंको सामाखुशीस्थित गोंगबु क्षेत्रमा बस्ने ७६ वर्षीय श्रेष्ठको तीन तले घरको कोठाबाट प्रहरीले बरामद गरेका सुन तिनै मजबुर ग्राहकका छन् ।

प्रहरीले दोस्रो तल्लाको बैठक कोठामा ४ करोड २५ लाख ५० हजार नगद र लुकाई राखिएको ९८३७.९६ ग्राम सुन र ३२१८.४९२ ग्राम चादी फेला पारेको थियोे । सुन पसलका सञ्चालकमार्फत गरगहना धितो राख्ने र प्रचलित व्याजदरभन्दा अत्यधिक व्याज असुलीमा श्रेष्ठ संलग्न थिए ।

गरगहना धितो राख्ने ग्राहकलाई सुन पसलेले बैंकमा राखिएको जवाफ दिने गरेका छन् । तर, ती ग्राहकका गरगहना भने व्यक्तिको घरमा भण्डारण गरिने यो प्रतिनिधि घटना भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

सर्वसाधारण ग्राहकबाट असुलिएको उच्च व्याजबापतको रकम श्रेष्ठले बैंकमा नराखी घरमै भण्डारण गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *