दार्चुलामा अटो दुर्घटनामा बेपत्ता २ जनाको शव भेटियो, धामीको खोजी कार्य जारी

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित भित्री सडकखण्डमा सोमबार दिउँसो भएको अटो दुर्घटनामा परि बेपत्ता भएका यात्रुहर मध्ये २ जनाको शव सशस्त्र प्रहरी फेला पारेको छ ।

होपरीगाडबाट मसिनेबगरतर्फ जाँदै गरेको म १ ह ११४८ नम्बरको अटो गति अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल नौगाड खोलामा खसेको थियो ।

अटोमा सवार ५ मध्ये सोही ठाउँ बस्ने १२ वर्षिया आरुषा धामीको शव घटनास्थलबाट करिव ७ मिटर पश्चिम र १७ वर्षिया भागा धामीको शव करिव ७ किलो मिटर पश्चिमबाट सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँच, नेपाल प्रहरी, जलविद्युतका कर्मचारी र स्थानिय बासिन्दाहरुले खोजीकार्य गर्ने क्रममा फेला पारेको छ ।

बेपत्ता ४७ वर्षिया चाखुरी देवी धामीको खोजीकार्य भइरहेको छ भने अटो चालकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परि घाइते भएका सोही ठाउँ बस्ने १६ वर्षिय आयुष भुललाई उपचारको लागि गोकुलेश्वर अस्पतालतर्फ पठाएको छ ।

दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल चमेलीया जलविद्युत सुरक्षा वेश बलाँचबाट सशस्त्र प्रहरी नायव निरीक्षक दलजित सिहं डोबालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज वेपत्ताहरुको खोजीकार्यको लागि खटिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *