काठमाडौं । नक्कली कागजात बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा, शहिद लखन गाउँपालिका ४ घर भइ काठमाडौं बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका ७ घर भइ हाल धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका ३ घर भइ गोंगबु बस्ने २१ वर्षीय सविन आले मगर रहेका छन्।
आइतबार दिउँसो २ बजे सामाखुशी टाउनप्लानिङस्थित अचल लामिछानेले सञ्चालन गरेको ईजी सपमा एसईई सर्टिफिकेट, पुलिस रिपोर्ट विभिन्न होटल तथा संस्थामा काम गरेको अनुभव पत्र आदीको नक्कली (किर्ते)कागजातहरु बनाउने गरेको थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त ईजी सपमा खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरुको किर्ते कागजातहरु फेला परेकोमा उक्त कम्प्युटरहरु बरामद गरेकाे हाे ।
३ जनालाई नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको परिसरले जनाएकाे छ।

Leave a Reply