दक्षिण अफ्रिकाको एसए टी–२० लिगको अक्सनमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी दक्षिण अफ्रिकामा हुने एसए टी–२० लिगको अक्सनमा परेका छन् ।

सेप्टेम्बर ९ तारिखमा हुने अक्सनका लागि दीपेन्द्रसहित ५४१ खेलाडीको नाम अक्सनमा समावेश गरिएको हो ।

अक्सनका लागि ८ सय बढीले सहभागिता जनाएका थिए । त्यसमध्येबाट ५४१ खेलाडी अक्सनमा परेका हुन् । जसमा ३ सय दक्षिण अफ्रिकी र २४१ विदेशी खेलाडी छन् । चौथो संस्करणको एसए टी–२० लिग आगामी डिसेम्बर २६ देखि फेब्रुअरी ८ सम्म हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *