धेरै सार्वजनिक बिदा दिने देशको पहिलो नम्बरमा परेछौँ, पुनर्विचार होस् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सार्वजनिक बिदा धेरै भएको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सार्वजनिक बिदा दिने संसारमा पहिलो देशमा नेपाल गनिएको बताए ।

यस्तै, उनले उखु किसानको माग सम्बोधन गर्नको लागि सरकारसँग माग पनि गरेका छन् ।

उनले भने, ‘उखु किसानको मागलाई तत्काल सरकारले सम्बोधन गर्नुपर्छ । ७० रूपैयाँ अनुदान दिने व्यवस्था कार्यान्वयन गरियोस् ।’

उनले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको विषय अध्ययन गरेर मात्रै लागू गर्न पनि माग गरे ।

Comments

One response to “धेरै सार्वजनिक बिदा दिने देशको पहिलो नम्बरमा परेछौँ, पुनर्विचार होस् : रामहरि खतिवडा”

  1. ksp pyl Avatar
    ksp pyl

    अस्तव्यस्तताको नमूना । यसको कारण माओवादीले उचालेको जातीय राजनीति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *