लिपुलेक विवादबारे गोकुल बास्कोटाः प्रधानमन्त्रीको दुईतिरको यात्रा स्वर्णिम मौका

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक-लिम्पियाधुरामा भारत र चीन दुवैले मतलब नराख्ने विषयमा नेपालका नेता र कूटनीतिज्ञ जानकार रहेको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन र भारत भ्रमणमा यो विषय ढुक्कले कुरा गरेर सल्टाउने स्वर्ण मौका भएको भन्दै बास्कोटाले अरुमा यो दम नभएको जिकिर गरेका छन् ।

बास्कोटाले मिचाहालाई एक इन्च मिच्न दिए एक माइल मिच्छ भन्ने चिनियाँ उखान स्मरण गरेका छन् ।

उनको स्टाटस यस्तो छ

लिम्पियाधुरा लिपुलेकबारे भारत चीन दुवैको नेपाललाई मतलब नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन । अहिले प्रमको दुईतिरकै यात्रा स्वर्ण मौका हो । ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन । मिचाहालाई एक इन्च मिच्न दिए एक माईल मिच्छ भन्ने चिनियाँ उखान छ ।

Comments

One response to “लिपुलेक विवादबारे गोकुल बास्कोटाः प्रधानमन्त्रीको दुईतिरको यात्रा स्वर्णिम मौका”

  1. ksp pyl Avatar
    ksp pyl

    गरेको हेरौं न ओलिले भनेजस्तरी कुरा गर्दैछन् । धेरै र ठाउँ न कुठाउँ बोलेरै दुख पाएका छौ ।ख्याल गर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *