काठमाडौं । सांग्रिला संवादको दोश्रो शृंखलामा ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ शीर्षकमा प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक अरुण गुप्तो एक आपसबीच संवाद हुने भएको छ ।
भदौं १४ गते शनिबार हुने उक्त कार्यक्रममा कविहरूको कविता वाचन सत्र पनि रहेको आयोजक सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीले जानकारी दिए ।
उनका अनुसार कविहरूमा रमण घिमिरे, उषा शेरचन, मोमिला जोशी, विनोद विक्रम केसी, विजय हितान, विश्व सिग्देल, डा, काशीराज पाण्डे र भूमिका थारूको कविता वाचन रहने छ । कार्यक्रम मोक्ष बार, झम्सिखेल, ललितपुरमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

Leave a Reply