संसदमा माओवादी सांसद चन्दको प्रश्न – प्रधानमन्त्रीलाई महिला फोबिया भएको हो ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रेणु चन्दले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार महिला विरोधी भएको गम्भीर आरोप लगाएकी छिन् । शुक्रवार राष्ट्रिय सभाको शून्य समयमा उनले सरकारका पछिल्ला गतिविधिले प्रधानमन्त्री ओलीलाई महिला फोबिया भएको हो कि भन्ने प्रश्न उब्जिएको बताइन् ।

‘सम्माननीय प्रधानमन्त्रीको महिलाको बारेमा दृष्टिकोणमा समस्या देखिएको छ’ सांसद चन्दले भनिन् । उनले सरकार र प्रधानमन्त्रीका केही विवादास्पद कदमको शृङ्खला प्रस्तुत गर्दै सरकारको नियतमाथि प्रश्न उठाइन् ।

उनले आफ्नै पार्टीका महिला नेताको सदस्यता नवीकरण नगर्ने, जायज कुरा उठाउँदा कारबाही गर्ने, बहुविवाह र १६ वर्षमा विवाहको उमेर कायम गरी बालविवाहलाई वैधानिकता दिन खोज्ने जस्ता कार्यले सरकारको पश्चगामी चरित्र उदाङ्गो भएको बताइन् ।

सांसद चन्दले बलात्कार जस्तो जघन्य अपराधलाई आममाफीको दायराभित्र ल्याउन खोज्ने, कोरा कागजमा हस्ताक्षर गराएर महिला उपसभामुखलाई हटाउने अभियान चलाउने र स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा।सङ्गीता कौशल मिश्रको बढुवा रोक्ने जस्ता घटना सामान्य संयोग मात्र नभएको दाबी गरिन् ।
उनले भनिन्, ‘यी घटनाले के साबित गर्छ भने प्रधानमन्त्री ओली र यो दुई तिहाइको सरकार महिला विरोधी सरकार हो ।’

आफ्नो मन्तव्यको अन्त्यमा उनले प्रधानमन्त्रीलाई सीधा प्रश्न गरिन्, सम्मानित प्रधानमन्त्री ओलीलाई महिला फोबिया भएको हो र रु हैन भने किन यस्तो महिला विरोधी गतिविधि गरिराख्नु भएको छ रु’

Comments

One response to “संसदमा माओवादी सांसद चन्दको प्रश्न – प्रधानमन्त्रीलाई महिला फोबिया भएको हो ?”

  1. ksp pyl Avatar
    ksp pyl

    अनैतिकहरूका हरेक प्रश्नको जवाफ ओलिसँग छ । प्रश्न आफ्नै सुप्रिमोतिर सोझ्याउनु । बहुविबाहमा भाटे कारवाही गर्ने तिमीहरू आफ्ना सुप्रिमोतिर प्रश्न सोझिदा चाहिँ कुन दुलामा थियौ ? राष्ट्रको सम्मानित र उच्च पदमा पुगेको व्यक्तिलाई पुन: पार्टीको राजनीतिमा ल्याउनेजस्तो अनैतिक काम माओवादीले गर्छ किनकी माओवादी भनेको लाजशरम नभएको पार्टी हो । एमालेले त्यस्तो काम गर्दैन । उपसभामुखका थप कर्तूतहरू बाहिरिदैछन् । थाहा पाएका दिन ओलि होईन प्रचण्ड महाअभियोग लगाउन तम्सिन्छन् । एउटा कर्मचारीलाई बढुवागर्दा उसको क्षमता, कार्यसम्पादन स्तर हेरिन्छ । ठेक्का लिने काम नगर चन्द माननियज्यू । बाल बिवाह बहुविवाको पक्षमा एमाले र ओलि कहिल्यै हुन सक्दैनन । हेक्का रहोस् । माओवादीजस्तो होईन एमाले । सुप्रिमो सत्ताविहिन भएकाले छटपटाएको देखेर अरू छटपटाएर बरबराउनु आवश्यक छैन । सत्ता पाउन जनताको मत चाहिन्छ विदेशीक‍ो दलालीले हुदैन । माओवादी, उसको लागि दलाली गर्ने पत्रकार, कथित वुद्विजिवी सबैक‍ो डटेर र कडासँग प्रतिकार गर्नु आवश्यक छ हरेक एमालेजनले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *