यस वर्षको मदन पुरस्कान ‘उरमाल’लाई, जगदम्बा श्री प्रेमदेव गिरीलाई

काठमाडौं । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ले प्राप्त गरेको छ । त्यस्तै जगदम्बा श्री सम्मान प्रेमदेव गिरीले प्राप्त गर्ने भएका छन् ।

मदन पुरस्कार गुठीले एक वक्तव्य जारी गर्दै काविमो र गिरीलाई पुरस्कार र सम्मान प्रदान गर्ने बताएको हो । आज बसेको मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा गिरीलाई सम्मान प्रदान गर्ने भएको हो ।

मदन पुरस्कार प्राप्त कृति ुउरमालु चिया कमानेहरूको कथा हो । भारतीय नेपालीभाषी लेखक काविमोको यसअघि गोर्खाल्यान्ड आन्दोलनको पेरिफेरिमा लेखिएको उपन्यास ‘फातसुङ’ प्रकाशित छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *