सरकारलाई महेश बर्तौलाको आग्रह- लम्पीस्किन महामारीको रूपमा फैलिसक्यो, ध्यान जाओस्

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पशु चौपायामा लाग्ने लम्पीस्किन रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लम्पीस्किन रोग महामारीको रूपमा फैलिएर पछिल्लो दुई महिनामा मात्रै देशभर ३३ हजार ६४५ गाईभैसीहरु सङ्क्रमित भएको र १ हजार २१९ को मृत्यु भएको बताए ।

उनले गत वर्ष यही रोगबाट गत वर्ष ७० अर्ब रुपैयाँको क्षति भएको बताए ।

उनले भने, ‘गत आर्थिक वर्षको अन्तसम्म ७० अर्बको क्षति व्यहोरेको किसानले यो पटक पनि ठुलो क्षति पुर्‍याउनसक्ने देखिएको छ तर सरकारले आवश्यक भ्याक्सिन उपलब्ध गराउन सकेको छैन। यो महामारीको रुपमा फैलिरहेको हुँदा कृषि मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

लाखौं किसानहरूले ठूलो क्षति र नोक्सानी व्यहोर्नु परिरहेको भन्दै तत्काल आवश्यक राहत तथा क्षतिपूर्ति सुनिश्चितताका लागि प्रभावकारी कार्ययोजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *