पुवा खोलाको बेलीब्रीज उद्घाटन

विराटनगर । ईलाम नगरपालिका वडा नं. ९ र ११ जोड्ने पुवा खोलामा निर्मित बेलीब्रिज औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

बुधवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गरेसँगै पुल सञ्चालनमा आएको हो ।

भारतीय सरकारको सहयोगमा सो बेलीब्रीज भारतीय सरकारले उपलब्ध भएको हो ।

उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापा सम्मको आवतजावत सहज भएको छ ।

उक्त पुल ४८.८ मिटरको रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए।

सो पुल १ करोड ४८ लाख रुपैयाँको लाखको लागतमा सागर-शुभारम्भ-एरिसा जेभीले सो पुल निर्माण गरेको हो ।

यो पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ ।

पुल निर्माणले यातायात सञ्चालनमा सहज हुनका साथै स्थानीय कृषि उपजहरूको बजारीकरण भई स्थानीयको आर्थिक स्तर सुधारमा पनि सघाउ पुग्ने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आज नै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *