काठमडौं । वाणिज्य तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सहसचिव रोशन ज्ञवालीको सरुवा भएको छ ।
उद्योग मन्त्रालयमा कार्यरत सहसचिव ज्ञवाली सोमबार विभागमा हाजिर हुने भएका छन् ।
यसअघि महानिर्देशक कुमार दाहालको सरुवापछि ज्ञवालीलाई महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको हो । उनी सहसचिव बढुवामा खुला प्रतिस्पर्धाबाट सर्वोत्कृष्ट अधिकृत हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रस्तावमा ज्ञवालीलाई उपभोक्ता संरक्षण विभागमा खटाइएको हो ।

Leave a Reply