विद्या भण्डारीलाई राजेन्द्र रावलले भने – अध्यक्ष हुने सवाल नेतृत्वसँगको परामर्शमा हुनुपर्ने हो, व्यक्तिगत आकांक्षाले होइन

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरिमामय पदमै बस्न सुझाव दिएका छन्।

नेकपा ९एमाले० शुक्लाफाँटा नगर कमिटीको पूर्ण बैठकलाई शुक्रबार झलारीमा सम्बोधन गर्दै उनले भण्डारीलाई पार्टीको निर्णयअनुसार दुई पटक राष्ट्रपति बनाइएको स्मरण गराए। उनका अनुसार, देशको सेवाका लागि पुनः दोस्रो कार्यकालमा राष्ट्रपति बनाइएको र उपरान्त राजनीतिमा नआउने सर्तमा सो पदमा पठाइएको थियो।

‘भण्डारीले के गर्ने भन्ने विषयमा पार्टी नेतृत्वसँग परामर्श गर्नुभएन। पार्टीको अध्यक्ष को हुने भन्ने सवाल नेतृत्वसँगको परामर्शमा हुनुपर्ने हो, व्यक्तिगत आकांक्षाले होइन,’कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले भने, ‘अहिले उहाँको सदस्यता स्थगन गरिएको छ, जुन स्वाभाविक हो। ’

रावलले पार्टीले भण्डारीलाई ससम्मान राष्ट्रपतिको गरिमामा रहन र सम्मानित गर्दै ‘गणतन्त्र गौरव’ को सम्मान प्रदान गरेको पनि बताए।

नेता–कार्यकर्तालाई पार्टी विरोधी गतिविधिमा नलाग्न आग्रह गर्दै उनले अराजकता नछोडे पार्टीले कारवाही गर्ने चेतावनी पनि दिए।

नेकपा ९एमाले० ले शुक्रबार एकै दिन तीन वटा नगर कमिटीको पूर्ण बैठक सम्पन्न गरेको छ। शुक्लाफाँटा नगर कमिटी, कृष्णपुर नगर कमिटी र भीमदत्त नगर कमिटीका पूर्ण बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य राजेन्द्र सिंह रावल र निरुदेवी पाल, केन्द्रीय सदस्य नरबहादुर धामी र कृपाराम रानालगायतले सम्बोधन गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *