काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयाेजना केन्द्रले आगामी शनिवार रातिसम्म तामाकोशी नदी र किनारामा सावधानी अपनाउन अनुरोध गरेको छ ।
केन्द्रले शनिबार बिहान ५ बजेदेखि राति ८बजेसम्म जलाशय सफा गर्न लागेको जनाउँदै तामाकोशी नदी र किनार आसपासका बासिन्दाहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेकाे हाे ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको यो नियमित प्रक्रिया अन्तर्गत, जलाशय सफा गर्दा तामाकोशी नदीमा एक्कासि पानीको बहाव अत्यधिक हुने सम्भावना रहेकाले तलको तटीय क्षेत्र विशेष सतर्कता अपनाउन आयोजनाले आग्रह गरेको छ।
उक्त अवधिभर तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पर्ने लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदिको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह बढ्ने-घट्ने चक्र भइरहने भएकाले त्यस क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा सतर्क रहन भनिएको छ।
साथै सो अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न नगराउनु हुन तथा नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक सस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न गराउन समेत आयोजनाले विशेष अनुरोध गरेको छ।

Leave a Reply