जसपा र राष्ट्रिय मुक्ति पार्टीबीच भएको सहमति पत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । अशोक राई नेतृत्व जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता घोषणा गरेसँगै एउटा पार्टीले अर्को पार्टीमाथि आरोप प्रत्यारोप गर्न तथा कार्यगत एकताको नीति विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्न नपाइने सहमति भएको छ।

दुई पार्टीका अध्यक्षले हस्ताक्षर गरेको सहमति पत्रमा ८ बुँदे आचारसंहिता नै उल्लेख छ।

दुई दलबिचको केन्द्रीय संयोजन समितिले पारित गरी जारी गरेका निर्देशनहरू तथा प्रदेश र जिल्ला संयोजन समितिहरूले गरेका निर्णयहरू दुबै दलले पालना गर्नुपर्ने, संयुक्त रूपमा गरिने सार्वजनिक कार्यक्रमहरूमा दुई दलबिचको कार्यगत एकताको उद्देश्य, नीति र कार्यक्रमको आधारमा आफ्नो मन्तव्य दिनुपर्ने उल्लेख छ।

दुई दलबीचको कार्यगत एकताको संरचना सामान्यतः तीन तहको हुनेछ।

सहमति पत्रमा भनिएको छ, केन्द्रीय तहमा केन्द्रीय संयोजन समिति रहने छ । यस समितिमा पार्टीका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ७र७ जना रहने छन । समितिमा कम्तिमा २ जना महिला हुनुपर्ने छ । आपसी समन्वय र कार्यसंचालनको लागि सचिवालय बनाउन सकिनेछ ।
प्रादेशिक तहमा प्रदेश संयोजन समिति रहने छ यस समितिमा प्रदेशका अध्यक्षहरूसहित प्रत्येक पार्टीहरूबाट ५/५ जना रहने छन् भने स्थानीय तहमा हाललाई जिल्ला संयोजन समिति रहने्छ । यस समितिमा जिल्ला अध्यक्षसहित ३र३ जना रहने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *