काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डका विरुद्ध कसैले बोल्न नपाउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तीन शीर्ष नेताविरुद्ध बोले त्यसको खैरियत नहुने बताए।
उनले भने, ‘तीन शीर्ष नेताहरुविरुद्ध बोले त्यसको खैरियत छैन। कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ, कोही रवि लामिछाने हुन्छ, कोही रेशम चौधरी हुन्छ।’
उनले अहिलेकै सरकारले विरोधीलाई साइबर क्राइम मुद्दा लगाइरहेको बताए।
उनले थपे, ‘साइबर क्राइममा राज्यले पुलिसलाई प्रयोग गरेको छ। यहाँ स्वतन्त्र प्रहरी छैन। राज्य नियन्त्रित प्रहरी छ। कुनै कार्यकर्ताले मलाई जथाभाबी गाली गर्ने अनेक फोटो राख्ने गरेपछि म दुई पटक प्रहरीकहाँ गएँ। एसएसपीले साइबरसम्बन्धी मुद्दा लिँदैनौँ अदालतमा जानुस् भन्नुभयो। म सांसद छु, तर प्रधानमन्त्री र गृहमन्त्रीलाई केही लेख्यो भने दुबई, जापानबाट झिकेर भनेपनि कारबाही गरिन्छ। यो हो साइबर सेक्युरिटीको ठुलो समस्या छ।’

Leave a Reply