लोसपा छाडेका अनिलकुमार झाले ब्युँताए सद्भावना पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजीनामा दिएका अनिलकुमार झाले नेपाल सद्भावना पार्टी ब्युँताएका छन्। लोसपाले वरिष्ठ नेताबाट दिएको राजीनामा स्वीकृत गरिसकेको छ।

निष्क्रिय रहेको पार्टीलाई निरन्तरता दिन लागेको नेता झाले बताए। उनले नेपाल प्रेससँग भने, ‘नेपाल सद्भावना पार्टी लामो समयदेखि निष्क्रिय थियो। मैले लोसपा छाडेर यसको नेतृत्व गर्ने गरी ब्युँताएको हुँ। निर्वाचन आयोगले अद्यावधिक गरिसकेको छ।’

उनले पार्टीको झण्डा र चुनाव चिह्न पुरानै हुने बताए। उनले भने, ‘पार्टी कमिटी कति बनाउने भन्नेबारे हामी छलफलमा छौँ। निर्वाचन आयोगले पनि अद्यावधिक गरेपछि हामीले बाँकी काम अगाडि बढाउँदैछौं। चुनाव चिह्न पाँच औँला देखिएको हात हो।’

उनले आफ्नो थप रणनीतिबारे जानकारी दिन भोलि दिउँसो १ बजे पत्रकार सम्मेलन राखिएको पनि बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *