मदन-आश्रित स्मृति प्रतिष्ठानका पदाधिकारीको शपथपछि ओलीको निर्देशन- व्यहोरा त्रुटिपूर्ण छ, सच्याउनू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित पदाधिकारीहरूको शपथका लागि प्रयोग भएका व्यहोरा सच्याउन निर्देशन दिएका छन् । नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीको शपथपछि प्रतिष्ठानका प्रमुख संरक्षक रहेका ओली यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘प्रदीप ज्ञवालीलाई मैले पनि प्रदीप गुरु भन्ने गर्छु, उहाँले प्रतिष्ठानको सही नेतृत्व गर्नुहुन्छ भन्नेमा शंका छैन । शपथको व्यहोरोमा सीमित गरिदिएको छ, म अध्यक्षको पदमा रहेसम्म इमानदार हुन्छु, म सदस्यको पदमा रहेसम्म इमानदार हुन्छु भन्ने छ। त्यो कुरा साँचो होइन, पदमा रहँदा होस् वा नरहँदा इमानदार हुनुपर्छ ।’

उनले प्रतिष्ठानको सदस्य एक पटक भएपछि विपक्षमा कसैले काम गर्न नमिल्ने तर्क गरे ।

उनले थपे, ‘तपाईँहरू नै कुनै दिन आफैँ पदमा रहनुभएन वा कसैलाई हटाउनुभयो भने मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान, निष्ठा उद्देश्यहरू क्यारी गर्नुपर्ने भन्दैन शपथको ब्यहोराले, त्रुटिपूर्ण छ सच्याउनुहोला । सदस्यमा रहेसम्म यो प्रतिष्ठानको विपक्षमा हुने गरी कुनै कार्य गरिनेछैन भनिएको छ, तर एक पटक प्रतिष्ठानको सदस्य भएपछि पछि पनि विपक्षमा काम गर्न मिल्दैन। सदस्य रहेसम्म भन्ने कुरा हटाउनू ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *