कांग्रेस नेता भण्डारीको टिप्पणी: माधव-झलनाथको पद अनुसारको शैली भएन, बेमौसमी दोहोरी खेल्दैछन्

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एसका अध्यक्ष माधव नेपाल र झलनाथ खनालबीच चलेको दोहोरीलाई बेमौसमी बाजाको संज्ञा दिएका छन्।

अप्ठ्यारो समयमा पार्टोको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका व्यक्तिहरूबीचको दोहोरी पटकै नसुहाएको बताए।

उनले फेसबुकमा लेखेका छन्, ‘यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाएका, आदरणीय माधव नेपालजी र आदरणीय झलनाथ खनालजी बिचको दोहोरी। राष्ट्र, जनहितसँग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ ।’
नयाँ पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको शैली नदेखाएको बताए।

उनले थपेका छन्, ‘यो शैली भएन, प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ, सुहाएन, तपाईँहरू हाम्रो पनि नेता हो, नयाँ पिँडीले के सिक्ने ? के अनुसरण गर्ने ?’

Comments

One response to “कांग्रेस नेता भण्डारीको टिप्पणी: माधव-झलनाथको पद अनुसारको शैली भएन, बेमौसमी दोहोरी खेल्दैछन्”

  1. ksp pyl Avatar
    ksp pyl

    अनि काँग्रेसको गाईजात्रा चाहिँ के नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *