काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रास्वपाले रवि लामिछानेको पक्षमा चलाएको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अदालतलाई दबाब दिनको लागि हस्ताक्षर अभियान चलाएको आशयले बोले।
रास्वपा सभापति रवि लामिछानेलाई कटाक्ष गर्दै भने, ‘केरे केरे अदालतको आदेश मान्दिनँ रे, तिम्रो पिताजीको शासन हो ? केरे केरे कसलाई दबाब दिन खोजेको ? हस्ताक्षरमार्फत यो देशमा अदालतहरूमा वा कसलाई दबाब दिन खोजेको ? एक अदालत होइन हरेक नागरिकले सुन्न जरुरी छ।’
उनले सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको आदेश दोषी देखेरै सदन गरेको जिकिर गरे।
उनले थपे, ‘कास्की, चितवन, रुपन्देही, काठमाडौं अदालतले कसुर नगरेको भन्न सक्ने अवस्था छैन। तर, अहिले धरौटी त लिन्छौँ पछि ठहर गरेबमोजिम हुन्छ, मिति निर्दोष भन्ने देखिएन। अनि उच्च अदालतले भन्छ तिमीले दोष गरेको भन्ने कुराहरू बढी छन् त्यसैले बाहिर राख्ने अवस्था छैन।’

Leave a Reply