दाङ । सौतेनी छोराको हत्या गर्ने सौतेनी आमालाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । गढवा ७ मानपुरकी ५० वर्षिया वसन्ता शर्मा पण्डितले २०५९ असार १९ गते दाउराले हानेर ९ वर्षका सौतेनी छोरा शरद शर्माको हत्या गरेकी थिइन ।
उनलाई दाङ जिल्ला अदालतले २०६० साल माघ ३ गते दश वर्ष कैद सजाए तोकेको थियो । सौतेनी छोराको हत्या पश्चात फरार भएकी वसन्तालाई गढवा प्रहरीले यहिँ साउन २० गते काठमाडौंको गोगंबुबाट पक्राउ गरेको हो ।
गोंगबुमा आफ्नै छोरासँग बस्दै आएकी उनलाई कदै भुक्तानकालागि अदालत बुझाएको र अदालतले कारागार चलान गरेको दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply