शर्मिला वाइबा पोखरा लेकसाइडबाट पक्राउ

काठमाडौं । आफूलाई अभियनता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई पोखरा लेकसाइडबाट मंगलबार पक्राउ गरेको छ ।

कास्की प्रहरी सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले साइबर ब्युरोको पत्रका आधारमा वाइवालाई पक्राउ गरिएको जानकारी दिए । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा वाइवालाई पक्राउ गरिएको बस्नेतले बताए ।

पक्राउ गरी साइबर ब्युरोमा पठाइसकेको प्रहरीले जनाएको छ ।

Comments

One response to “शर्मिला वाइबा पोखरा लेकसाइडबाट पक्राउ”

  1. हलुवाकाका Avatar
    हलुवाकाका

    जनता जान्न चाहान्छन् – शर्मिला किन पक्राउ परिन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *