काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा सरकार दोषीलाई कारबाहीबाट पन्छिन खोजेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद विराजभक्त श्रेष्ठ चित्तबुझ्दो छानबिन समिति नबनेसम्म आन्दोलन नछाड्ने अडान सुनाए।
उनले भने, ‘यो केबल व्यक्तिगत भुल होइन । प्रशासनिक त्रुटि होइन । राज्य सत्ताको संरक्षणमा लुकाइएको सङ्गठित योजनाबद्ध दलाल संरचनाको कर्तुत हो । र यो काण्डको जरा कहाँसम्म फैलिएको छ भन्ने प्रश्न प्रत्येक नेपालीको मनमा छ ।’
उनले सरकारले बनाएको छानबिन समितिलाई टालटुलेको संज्ञा दिए। भिजिट भिसा प्रकरणको दीर्घकालीन समाधान र गहिरो अनुसन्धानका लागि न्यायिक आयोग वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।

Leave a Reply