संसदीय छानबिन समितिको निष्कर्ष- राज्य व्यवस्थाका सभापतिदेखि मुख्य सचिवसम्म जिम्मेवार

काठमाडौं । निजामती विधेयक पारित भइसकेपछि कुलिङ अफ पिरियडको सन्दर्भमा गरिएको छेडखानलाई संसदीय छानबिन समितिले गम्भीर त्रुटि भएको ठहर गरेको छ ।

जीवन परियारको नेतृत्वमा रहेको संसदीय छानबिन समितिले सर्वसम्मत प्रतिवेदन तयार पारेर आज प्रतिनिधि सभामा पेश गर्दैछ ।

रातभरिको छलफलपछि सर्वसम्मतरुपमा पारित प्रतिवेदनमा संसदले पारित गरेको विधेयकमा गरिएको त्रुटिमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरज कुमार दुरालाई नैतिकरुपमा जिम्मेवार ठहर गरेको छ ।

त्यस्तै मुख्य सचिव एकनारायण अर्यालसहितका केही सचिवको भूमिका पदअनुकूल नदेखिएको भन्दै सचेत गराउनुपर्ने सुझाव समेत समितिले दिएको छ । समितिमा नेपाली कांग्रेसका तर्फबाट जीवन परियार र सुशीला थिङ, नेकपा (एमाले) का तर्फबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राप्रपाकी सांसद रोशन कार्की सदस्य छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *