थारु आयोगकी सदस्यले कार्यवाहक अध्यक्षलाई कोठामै थुनिन्

काठमाडौं । थारु आयोगकी सदस्य शान्तिदेवी मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षभित्रै थुनेकी छन् ।

एक महिनासम्मको हाजिरी एकै दिन गर्न खोज्दा कार्यवाहक अध्यक्षले रोकेपछि विवाद भएको आरोप छ ।

कार्यवाहक अध्यक्षलाई कार्यकक्षमै थुनेर ढोकामा चाबी लगाएको फोटो मोदीले आफ्नै फेसबुकमा अपलोड गरेकी छन् । केहीबेरमा प्रहरी पुगेर कार्यालयको ताला भने खोलेको छ ।

उनी एक घण्टा कार्यकक्षमा थुनिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *