पत्रकार महासंघ केन्द्रीय अध्यक्ष शर्मा लन्डनमा

लन्डन । नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा लन्डन आइपुगेकी छन् ।

पत्रकार महासंघ बेलायत शाखाको १४ औं स्थापना दिवसका लागि अध्यक्ष शर्मा शुक्रबार सांझ लन्डन उत्रिएकी हुन् ।

अध्यक्ष शर्मालाई लन्डनस्थित हिथ्रो विमानस्थलमा पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष विमला सेने, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष शिव भण्डारी, महासचिव खेमराज रानाभाट, संस्थापक अध्यक्ष नवीन पोखरेल र ओएनएफ यूके सचिव गंगा क्षेत्रीले स्वागत गरे ।

शाखाको १४ औं स्थापना दिवस तथा साधारणसभा यही ३ अगष्ट आइतबार अल्डरसटस्थित एम्पायर हलमा तय छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष सेनेली जानकारी दिइन् । उक्त कार्यक्रममा ‘वर्ष पत्रकारिता सम्मान’ समेत प्रदान गरिने भएको छ ।

यसै वर्षदेखि सुरु गरिएको ‘वर्ष पत्रकारीता सम्मान’ पुरस्कार हरेक वर्ष प्रदान गरिनेछ । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसहित बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम छ । अध्यक्ष शर्मा करिब एक साता बेलायतमा रहने शाखाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *