‘पटके गुण्डा’ सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ, प्रहरीमाथि नै हातपात

काठमाडौं । पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने नुवाकोट ककनीका युवराज गुरुङलाई प्रहरीले बुधवार राति ठमेलबाट पक्राउ गरेको छ । नगरकोट दोहोरी साँझमा झगडा र कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

अत्याधिक मदिरा सेवनपछि दुई पक्षबीच वादविवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र गुरुङ र पाँचथर फिदिम नपा-१० का २६ वर्षीय दिलकुमार तुम्बाफो पनि पक्राउ परेको प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । पीडित प्रहरीको प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ ।

पटके गुण्डाका रूपमा चिनिने सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेकोमा मिडियाबाट प्रमाणसहित दबाब बढेपछि पक्राउ परेका थिए । यहाँबाट हेर्नुहोस् व्यवसायीमाथि कुटपिटको भिडिओ

उनीसहितको टोलीलाई प्रहरीले त्यसबेला हतकडीसहित थुनुवा पोशाकमा ठमेल घुमाएको थियो । प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटे समूहका सदस्य सानुभाइमाथि विभिन्न मुद्दा छन् ।

यो समाचार पनि पढ्नुहोस्-

 

Comments

One response to “‘पटके गुण्डा’ सानुभाइ भनिने युवराज गुरुङ ठमेलबाट पक्राउ, प्रहरीमाथि नै हातपात”

  1. MR. LAMA Avatar
    MR. LAMA

    haina yesta lai ta apanga banayera rakha na hou police daju vai tantai saaf.

Leave a Reply

Your email address will not be published. Required fields are marked *