नाउपाको राष्ट्रिय भेलाको निर्णयबारे रेशमले भनेः मैले बोल्न मिल्दैन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको बहुमत पक्षको राष्ट्रिय भेला आजका लागि सकिएको छ । भेलाको निर्णयबारे आधिकारिकरुपमा केही पनि जानकारी गराइएन ।

भेलाबाट निस्किने क्रममा पार्टीका संरक्षक रेशम चौधरीले आफूले निर्णय सुनाउन नमिल्ने बताए । उनले भोलि ११ बजे फेरि बैठक बस्ने बताए ।

निर्वाचन आयोगमा केही कानूनी समस्या परेको विषय भेलामा उठेको चौधरीले जानकारी गराए । पार्टी अध्यक्षबाट रञ्जिता श्रेष्ठलाई हटाइएको विषयमा उनले केही बोल्न चाहेनन् ।

उनले भने, ‘म प्रमुख अतिथिको भूमिकामा छु, त्यसैले मैले बोल्न मिल्दैन । आधिकारिक व्यक्तिलाई बोल्न दिनुहोस ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *