साइकडेस्कको छ महिने मनोसामाजिक परामर्शदाताको तालिम सम्पन्न

काठमाडौं । साइकडेस्क फाउण्डेसनले ६ महिनो मनोसामाजिक परामर्शदाताको तालिम सम्पन्न गरेको छ । फाउण्डेसनले आफ्नो स्थापना भएको वर्ष सन् २०१६ देखि नै निरन्तर ६ महिने मनोसामाजिक परामर्शदाताको तालिम दिइरहेको साइकडेस्कले २१ औं ब्याजलाई प्रमाण पत्र दिएर वैधानिकता प्रदान गरेको हो ।

२२ जना भर्ना भएकामध्ये १२ जनाले सफलतापूर्वक कोर्स सम्पन्न गरेको साइकडेस्कका संस्थापक मनोविद डा. नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।

द स्कुल अफ साइकोलोजी नेपाल र एसोसिएसन अफ साइकोलोजिस्टस् इन नेपालको सहआयोजनामा सञ्चालन भएको तालिम सञ्चालन डा. ठगुन्नाको नेतृत्वमा भएको थियो । त्यस्तै, नेपाल मनाविज्ञ संघकी अध्यक्ष प्रा. डा. उषाकिरण सुब्बाले पनि तालिमको सहजीकरण गरेकी थिइन् साथै अन्तर्राष्ट्रि मनोसामाजिक स्वास्थ्यका सहजकर्ता पदमराज जोशीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रि विज्ञहरुले तालिम दिएका थिए ।

हालसम्म ४०० जना बढी सहभागीले आफ्नो संस्थाबाट छ महिने तालिम लिइसकेको ठगुन्नाले बताए । त्यस्तै, आजै नयाँ २२ औं ब्याजको तालिम पनि सुरु भएको उनले जानकारी दिए । जसमा ३० प्रतिशत छुट गरी तालिम सञ्चालन गरिँदै गरेको र इच्छुकले सम्पर्क गर्न सक्ने डा. ठगुन्नाले बताए ।

छ महिनो मनोसामाजिक तालिमका लागि मनोविज्ञान वा अन्य कुनै विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने यो तालिम लिइसकेपछि समुदायमा विभिन्न किसिमका मानिसक स्वास्थ्य समस्याहरुमा आधारभूत मनोपरामर्श प्रदान गर्न सक्छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *