शिक्षा विद्येयक छिटो पारित गर्ने विषयमा संसद संवेदनशील छ : उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विद्येयकलाई छिटो ऐन पारित गर्ने विषयमा संसद संवेदनशील रहेको बताएकी छन् ।

नेपाल व्यवस्थापन तथा विज्ञान संस्थान(निम्स)ले शनिवार काठमाडौंमा आयोजना गरेको शैक्षिक अन्तरकृया कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले शिक्षक महासंघ संग भएको सम्झौताअनुसार नै शिक्षा विद्येयक छिटो पारित गर्ने विषयमा संसद संवेदनशील रहेको बताएकी हुन् ।

‘प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको रुपमा रहेको शिक्षा विद्येयक बजेट अधिवेशनबाट पारित गर्ने विषयमा संवेदनशील छौं’, उनले भनिन्, ‘शिक्षक महासंघ संग भएका सम्झौता अनुसार नै विद्येयकलाई अन्तिम रुप दिनका लागि समितिले दिनरात नभनेर काम गरिरहेको छ ।’

उनले प्रनिनिधि सभाबाट पारित भएपछि पनि राष्ट्रिय सभाबाट संशोधन गर्न सकिने विकल्प बाँकी हुँने भएकाले सवै सरोकारवाला संवेदनशील भएर विद्येयकलाई अन्तिम रुप दिन आग्रह गरिन् । संघीयता कार्यान्वयन संग जोडिएका कानून बनाउने कुरामा सरकारदेखि संसद र राजनैतिक दल गम्भीर हुनुपर्ने बताउँदै उपाध्यक्ष घिमिरेले नागरिक तहबाट पनि सरोकारवालाई झक्झकाउन जरुरी भैसकेको छ’, उनले भनिन् ।

‘शिक्षा, स्वास्थ्य जस्ता संविधान अनुसारका सबै मौलिक हक कार्यान्वयन गर्न मुलुकको आर्थिक अबस्थाले अहिले नै संभब नहुन सक्छ तर मौलिक हकको कार्यान्वयनका लागि बनाउनु पर्ने थुप्रै कानुनहरु समयमै बन्न नसक्दा जनतामा बढेको निराशा हटाउन पनि कानूनहरु बनाउन जरुरी हुन्छ’, उनको भनाइ थियो ।

रोजगारीको अभाव, ब्यवसायिक अवसरको कमी, आर्थिक असमानता तथा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको अभाव जस्ता कारणले पलायन भैरहेका युवाहरुलाई आफ्नै भूमिमा रोजगारी र शिक्षाको उत्तम व्यवस्था गरेर रोक्न आवश्यक रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले युवाहरुको क्षमता र प्रतिभाको सदुपयोग भयो भने उनीहरु देशमै रहन प्रेरित हुने र देशमा मानव संशासनको कमी हुँदैन भनिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *