घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको ज्यान गयो

सुर्खेत । वीरेन्द्रनगरमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा एक दम्पतीको ज्यान गएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको विद्युतीय मेसिनको करेन्ट लागेर ज्यान गएको हो।

शुक्रबार बिहान घरमै घाँस काट्ने क्रममा प्रयोग गरिएको मेसिनको तार सर्ट हुँदा अचानक दुवैजनालाई करेन्ट लागेको थियो । घरायसी कामलाई सहज बनाउन राखिएको मेसिनले दम्पतीको ज्यान लिएको हो ।

गम्भीर घाइते भएका दम्पतीलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर, चिकित्सकले उपचारकै क्रममा दुवैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

उनका अनुसार मेसिन चलाउँदा विद्युत् सुरक्षा सावधानी नअपनाएकै कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *