शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छन् ।

उनले बानेश्वरस्थित कार्की बैंकिटमा भोलि दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

सक्रिय राजनीतिमा आएको घोषणा गरेकी भण्डारीलाई उनको माउ पार्टी नेकपा एमालेले सदस्यता नै नवीकरण नगरेर रोकेको छ ।

त्यसपछि खास टिप्पणी नगरेकी भण्डारीले शुक्रबार गर्ने सम्मेलनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष बन्न चुनौती हुने ठानेर भण्डारीलाई रोक्ने निर्णय गरेको कतिपयको आरोप छ । यद्यपि संस्थापन पक्षले भने देशको गरिमा र प्रमुख भइसकेको मान्छेले पार्टी पोलिटिक्समा फर्कन नैतिकवान नहुने बताउँदै भण्डारीको सदस्यता खारेज गर्ने निर्णय गरेको थियो ।

 

 

 

 

Comments

3 responses to “शुक्रबार ३ बजे विशेष पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारी”

  1. Laleek Avatar
    Laleek

    हार्दिक बधाई तथा शुभकामना छ तर देशको सर्वोच्च पदमा २/२ पटक पुगिसकेका मान्छे अरूको भाग खोस्दै किन पार्टी फर्कनु हुन्छ, मान प्रस्तिस्थालाई अनदेखा गर्न मिल्छ, अरू कसैले दम दियो भन्दै बुजरक मान्छे हचुवनमा हिड्न हुन्न, ख्याल गर्नुपर्यो, ह्याँ भनेर हुन्छ !

  2. Raj Avatar
    Raj

    दम्भ बढेको हो। अध्यक्ष हुन मन भए अर्को पार्टी खोल्दा हुन्छ।

  3. अर्बिन थापा Avatar
    अर्बिन थापा

    तैले सिकाउनु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *