बाजुरामा जीप दुर्घटनामा २ वृद्धाको मृत्यु, १५ जना घाइते

कैलाली । बाजुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिमाली गाउँपालिका-५ किउडीबाट धुलाचौरका लागि छुटेको बा प्र.०३००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

मृतकहरूमा हिमाली गाउँपालिका-५ की ७६ वर्षीया बाचा रोकाया र सोही ठाउँकी ७५ वर्षीया विजौरा रोकाया छन् । दुर्घटनामा १५ जना घाइते भएको र तीमध्ये १२ जनाको अवस्था गम्भीर छ ।

जीपमा २६ जना सवार थिए । क्षमताभन्दा बढी यात्रु रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *