सिन्धुपाल्चोक । भोटेकोसी बाढी पछि केरुङमा फसेका नेपालीहरु बुधबार चिनियाँ नाका हुँदै नेपाल आएका छन् ।
नेपालीहरुलाई मितेरी पुलसम्म चिनियाँ पक्षले ल्याइदिएको थियो भने लिनका लागि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापासहित सुराक्षा अधिकारीहरु नाका पुगेका थिए ।
मितेरी पुलसम्म चिनियाँ पक्ष ले ल्याएर नेपाली अधिकारीहरुको जिम्मा लगाएको थियो । केरुङमा फसेका २०३ नेपालीहरु २० वटा बसमा आएका थिए । अधिकांश चालक र सहचालकहरु बाढीमा फसेका थिए ।
केरुङमा फसेका नेपालीलाई उद्वारका लागि नेपाल सरकारले चीन सरकारसँग पहल गरेको थियो । ल्हेन्दे खोलामा आएको बाढीबाट असार २४ मा नेपाल-चीन सीमाको रसुवा गढी भन्सारमा ठूलो क्षति भएकाे थियाे ।



Leave a Reply