सेबोनबाट निजी क्षेत्र र मन्त्रालयका प्रतिनिधि हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिबाट निजी क्षेत्र र अन्य मन्त्रालयका प्रतिनिधिहरूलाई हटाइने भएको छ । सेबोनले निजी क्षेत्र र अन्य मन्त्रालयका प्रतिनिधि हटाएर विज्ञ सदस्य थप गर्न लागेको हो ।

‘धितोपत्र बोर्डको पुनर्संरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने, विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय निकायको प्रतिनिधित्व हटाउने’, सेबोनले चालू आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रममा उल्लेख गरेको छ ।

अहिले सेबोनका अध्यक्षसहित सात सदस्यीय सञ्चालक समिति छ । जसमा निजी क्षेत्रको प्रतिनिधित्व छैन ।

यसअघि नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रूपमा बोर्डको सञ्चालक समितिबाट गोकर्ण अवस्थीले राजीनामा दिएका थिए । त्यसयता निजी क्षेत्रको प्रतिनिधित्व खाली रहेको छ । अब सेबोनले यस क्षेत्रबाट प्रतिनिधि नराख्ने भएको छ ।

अर्थ मन्त्रालयबाट सहसचिव महेश बराल र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई र राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल सेबोनको सञ्चालक समितिमा रहेका छन् । अब सेबोनले उनीहरूलाई पनि हटाउने तयारी गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *