काठमाडौं । काठमाडौं मोडल कलेज (केएमसी)ले व्यवहारिक अनुसन्धान- अप्लाइड रिसर्च प्रस्तावना लेखन कार्याशाला सम्पन्न गरेको छ ।
कार्यशालालाई सहप्राध्यापक डा. रेवन कुमार दाहालले सहजीकरण गरेका थिए । उनले प्रपोजल लेखनमा विभिन्न चरणरुका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा केएमसी कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले यस्ता अनुसन्धानसँग सम्बन्धित कार्याशालाले शैक्षिक क्षेत्रमा लाग्ने अध्यापकहरुको बौद्धिक क्षमता र व्यवहारिक सीप वृद्धि हुनुका साथै शिक्षा क्षेत्रमा भएका राम्रा प्रयोगहरुलाई निरन्तरता दिन र कलेज, विश्वविद्यालयहरुमा आवश्यक नीति निर्माण तर्जुमा गरी विद्यार्थीहरुको शैक्षिकस्तर उन्नतिका लागि लाभदायक हुने बताए ।
त्यस्तै, केएमसी आईक्यूएसीका हेड ध्रुव प्रसाद तिमल्सिनाले यस्ता कार्याशालाले विद्यार्थीको शैक्षिक गुणस्तरमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने बताए ।
कार्याशालामा केएमसी, एमाआईटीका ३० जनाभन्दा बढी अध्यापकहरुले सहभागीता जनाइ अप्लाइड रिसर्चमा प्रपोजल लेखन सीप ग्रहण गरेका थिए ।


Leave a Reply