वर्षमान पुनको टिप्पणी- दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदका दुई ठूला दल मिलेर बनेको करिब दुई तिहाई सरकारले एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् ।

कृषि विकास बैंक कर्मचारी संगठनद्वारा मंगलबार आयोजित कार्यक्रममा पुनले सरकारले अर्थतन्त्र सुधारका लागि काम नगरेका कारण अर्थतन्त्र चलायमान हुन नसकेको बताए । आर्थिक वर्ष ०८२/०८३ को बजेटमार्फत अर्थतन्त्रका चुनौती सामना गर्ने गरी नीति कार्यक्रम नल्याइएको उनको भनाइ थियो ।

बजेट नियमित र परम्परागत ढर्राबाट ल्याइएकाले सरकारले जतिसुकै दाबी गरे पनि अर्थतन्त्रका सबै सूचकमा उल्लेख्य सुधार हुने संकेत नदेखिएको बताए । तर, नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिले भने केशी आशा जगाएको पुनले उल्लेख गरे ।

पुनले बैंक तथा वित्तय संस्थाको कर्जा प्रवाहमा देखिएको समस्या हटाउन सरकार असफल भएको बताए । हरेक महिनाजसो केन्द्रीय बैंकले ५० देखि ६० अर्ब रुपैयाँ बैंकहरुबाट खिच्ने गरेको र लगानी योग्य रकमको मौज्दात ७ खर्ब पुग्नुले बजारको मानोबल उठ्न नसकेको पुनले बताए ।

‘दुई तिहाइको सरकारले आर्थिक क्षेत्रमा आशा जगाउने सकेन । दुई तिहाइको सरकार बन्नु आफैंमा विशिष्ट अवस्था हो । तर, संख्यात्मक रुपमा यति बलियो सरकारले वित्त नीति राम्रो ल्याउन सकेन’, पुनले भने, ‘वित्त नीति नै राम्रो नआएपछि मौद्रिक नीतिले धेरै गर्न सक्दैनथ्यो । तर, गभर्नरले तुलनात्मक रुपमा मौद्रिक नीतिरुपमा राम्रो ल्याउनुभएको छ ।’

समग्रमा वित्त नीतिले बजार चलायमान बनाउने भए पनि अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित हुन सक्ने खतरा पुनले औंल्याए । त्यसले भविष्यमा अर्थतन्त्रलाई थप मस्यामा धकेल्न सक्नेतर्फ सरोकारवाला पक्ष अहिल्यै चनाखो बन्नुपर्ने उनको भनाइ थियो । कोभिड–१९ महामारीपछि केन्द्रीय बैंकले ल्याएको पुर्नकर्जा नीति राम्रो र सान्दर्भिक भए पनि व्यवसायीले पुर्नकर्जामार्फतको पैसा अनुत्पादक क्षेत्रमा लगानी दर्गा अर्थतन्त्र खस्एिको अनुभवबाट शिक्षा लिन सक्नुपर्ने उनले औंल्याए ।

‘कोरोनापछि अर्थतन्त्र सुधार गर्ने उद्देश्यले पुर्नकर्जाजस्ता नीति राम्रो आएको थियो । पुर्नकर्जाको रकम अनुत्पादक क्षेत्रमा लगानी गरिएका कारण अर्थतन्त्र पछिल्लो तीन वर्ष ‘स्लो डाउन’ मा गयो’, पुनले भने, ‘मौद्रिक नीतिका केही उदार व्यवस्थाले बल्तल्ल लयमा फर्कन खोजेको अर्थतन्त्र फेरि अप्ठेरोमा जान्छ छि भन्नेबारे समयमै सचेत हुनुपर्छ ।’

बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको ६० प्रतशितभन्दा बढी हिस्सा सीमित मानिसहरुले प्रयोग गर्ने गरेको भन्दै पुनले बहुसंख्यकले त्यसको लाभ लिन सक्नुपर्नेमा जोड दिए । कृषि, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह बढी हुनुपर्नेमा व्यापारले ठूलो हिस्सा ओकटेका कारण प्रतिफल कम आउने गरेको चर्चा पुनले गरे ।

‘थोरै मानिसको हातमा ६० प्रतिशत कर्जा प्रवाह भएको छ । सीमित घरानाको मात्र वित्तीय पहुँच भएका कारण अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको छ’, उनले भने, ‘उत्पादन र सेवाजस्ता लक्षित खालको क्षेत्रमा कर्जा प्रवाह सन्तोषजनक छैन । कूल ग्राहस्थ उत्पादनको आकारभन्दा धेरै कर्जा प्रवाह हुँदा पनि अर्थतन्त्रमा त्यसले कुनै योगदान दिन सकेको छैन ।’

फरक प्रसंगमा उनले संसदमा विधाराधीन बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) मा बैकर्स र व्यवसायी छुट्याउने कि भन्नेबारे बहस भइरहेको बताए । अन्र्तराष्ट्रिय अभ्यास, मुलुकको आवश्यकता र व्यवहारिकताका आधारमा त्यसबारे दलहरु निस्कर्षमा पुग्ने उनको भनाइ थियो ।

‘अन्तर्राष्टिय अनुभवले बैंकर्स र लगानीकर्तालाई अलग गरेर जानुपर्ने दबाब पनि छ’, पुनले भने । अर्को एक प्रसंगमा पुनले ७ प्रदेश र ७ सय ५३ पालिका राजनीतिक र प्रशासिनक सुगमताका लागि माध नभई आर्थिक इकार्ई पनि भएको स्पष्ट गरे । संघीयताको मर्मअनुसार हरेक स्थानीय तहमा बैंक तथा वित्तिय संस्था पुग्नैपर्ने उनले बताए ।

उनले सरकारले चालु आर्थिक वर्षको बजेटमा कर्मचारी अवकाश कोषलाई बाध्यकारी बनाएर ल्याइएको व्यवस्था कर्मचारीको हितमा नरहेकाले पुनर्विचार हुनुपर्ने आफ्नो दलको धारणा रहेको बताए । बजेटमा कर्मचारीलाई सामाजिक सुरक्षाकोषमा सूचीकृत हुन अनिवार्य गरिएको छ । ‘सरकारले बजेटमा कर्मचारी अवकाश कोषलाई सामाजिक सुरक्षा कोषमा लाने गरी बाध्यकारी नीति ल्याएको छ । यसलाई स्वेच्छिक बनाइनुपर्छ’, उनले भने ।

Comments

One response to “वर्षमान पुनको टिप्पणी- दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार्न सकेन”

  1. ksp pyl Avatar
    ksp pyl

    तैले सुधारेको थिईस् । लाज छैन ।शरम पचेपछि जे बोले पनि हुने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *