कैलालीमा मदन भण्डारी फाउन्डेसनले सक्रियता बढाउँदै, भदौसम्म पालिका अधिवेशन गर्ने

धनगढी, साउन ५ – मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कमिटीको दोस्रो बैठक सम्पन्न भएको छ। बैठकले फाउन्डेसनद्वारा हालसम्म सञ्चालित गतिविधिहरूको समीक्षा गर्दै भदौ मसान्तभित्र सबै पालिकास्तरीय अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। साथै, वार्षिक कार्ययोजना तयार पारेर अर्को बैठकमा पेस गर्ने निर्णय समेत गरिएको छ।

बैठकमा असार १४ गते सम्पन्न ७४औँ मदन जयन्ती तथा जिल्लास्तरीय साताव्यापी कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउनेलाई धन्यवाद प्रस्ताव पारित गरिएको थियो।

बैठकले जिल्लाका १३ वटै पालिकामा विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ। रक्तदान, स्वास्थ्य शिविर, आँखाको शिविर, युवा सँग मदन भण्डारी कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना गरिने छन् ।

पार्टीको आन्तरिक जीवन सुदृढ पार्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गर्ने र कैलाली जिल्लामा ‘मदन भण्डारी स्पोर्ट्स एकेडेमी’ गठन गर्ने निर्णय समेत गरिएको छ। सो एकेडेमीमार्फत सबै पालिकामा खेलकुदसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरिनेछ।

बैठक फाउन्डेसनका जिल्ला अध्यक्ष रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा फाउन्डेसनका संस्थापक सदस्य युवा नेता कमरेड खडक व बम थिए। विशिष्ट अतिथिको रूपमा जिल्ला उपाध्यक्ष कमरेड लोकेन्द्र व शाहीसहित अन्य नेता कार्यकर्ताहरूको समेत उपस्थिति रहेको थियो।

बैठकले फाउन्डेसनलाई आगामी दिनहरूमा अझ सशक्त, रचनात्मक र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *