ओलीको ब्रिफिङ- विभाजन गर्न खोज्ने तत्वबाट पार्टीलाई जोगाउनुपर्छ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा कुनै मतभेद नभएको बताए ।

ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘पार्टी विभाजन गर्ने, तोडफोड गर्ने विभाजनकारी तत्वबाट पार्टीलाई जोगाउनको लागि सिंगो पंक्ति एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’

बैठकमा ओलीले नेताहरूलाई आफ्नो कुरा खुलस्त राख्न निर्देशनसमेत दिए ।

अध्यक्ष ओलीले पछिल्लो समयमा एमालेको पार्टी सदस्यता एक लाख ३९ हजार (२८ प्रतिशत) ले वृद्धि भई सङ्गठनात्मक रूपमा मजबुद भउको बताएका छन् । पार्टीलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा रुपान्तरण गर्न आह्वान गरेको गौतमले सुनाए ।

‘वैचारिक र नीतिगत रूपमा अहिले हाम्रो पार्टी एकढिक्का छ । यहाँ कुनै मतभेद छैन तर हामीलाई विवाद र विभाजन गराउने तत्वका अनेक प्रयास हुन सक्नेतर्फ सचेत भएर लाग्नुपर्छ’ । विरोधीहरूले हामीसँग विचार र काममा प्रतिस्पर्धा गर्न सक्दैनन् । झुटको सहारा लिएर गोयबल्स शैलीमा आरोप लगाउँछन् । एमालेलाई कमजोर देखाउने प्रयास गर्छन् । यस्ता आरोप र चुनौतीको सामना हामीले पहिल्यैदेखि गर्दै आएका छौँ । फेरि पनि गर्छौ’, गौतमले ओलीको भनाइ उद्धृत गर्दै भने ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्ठगनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुने छभने आसन्न विधान महाधिवेशनको व्यवस्थापकीय तयारीका सम्बन्धमा पनि छलफल हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *