दाङ । तुलसीपुरमा २१ वर्षीय एक युवक मृत फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका १२ कचिलाका २१ वर्षीय किरण खत्री हिजो बेलुकी सितलपुरको शवदाह स्थल नजिकै मृत अवस्थामा फेला परेको इप्रका तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको शरीरमा देखिने गरी कुनै घाउ खत भने छैन । शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रहरीका अनुसार केसीको घर नजिकैका एक जना साथीलाई भेट्न बिहान गएका थिए । बिहान उनले भेटेका साथी भने भारत गइसकेको आफन्तले बताएका छन् ।

Leave a Reply