सिरहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

जनकपुरधाम । सिरहा सदरमुकामस्थित कारागारमा कैदीबन्दीबीच आपसमा भएको झडपमा १३ जना घाइते भएका छन् ।

कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतोसहितका कैदीहरु घाइते भएका हुन् । उनीहरुलाई प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याएको छ । अहिले कारागारको अवस्था तनावग्रस्त छ । झडपपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र पासवानले झडपबारे अनभिज्ञता जनाए ।

उनले भने, ‘ म अहिले भर्खर घाईतेको अवस्था बुझ्न अस्पताल पुगे । यसबारे आधिकारीक जानकारी सीडीओ सा’बबाट लिनुहोला ।’

सीडीओ विश्वप्रकाश अर्यालसँग सम्पर्क हुन सकेन ।

स्रोतका अनुसार कैदीहरूले सुरक्षामा असर पुग्ने भन्दै इँटासहितका समान भित्र लगेका थियो । कारागार प्रशासनले ती सामान बाहिर निकाल्न भनेपनि बाहिर निकाल्ने/ननिकाल्ने विषयमा उनीहरूबीच विवाद बढेको बताइन्छ ।

कारागारमा कैदीहरू अवैध गतिविधि गरिरहेको भन्दै स्थानीय प्रशासनले शनिबारमात्रै अनुगमन गरेको थियो । २ सयजनाको क्षमताको सिरहा जेलमा ४५८ कैदीबन्दी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *