काठमाडौं । गत असार ३ गते साँझ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटको लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।
३ घण्टाभन्दा लामो बसाइमा नै भण्डारीले केपी ओलीलाई आफू सक्रिय राजनीतिमा फर्किने जनाउ दिइसकेकी थिइन् । स्रोतका अनुसार त्यतिबेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले तपाइँको कुरा सुनेँ, थाहा पाएँ भन्ने शैलीमा मात्रै जवाफ फर्काएका थिए ।
तर, प्रधानमन्त्री ओलीले एमालेको सदस्य बनेर सक्रिय राजनीतिमा आउने इच्छा व्यक्त गरेपनि यति धेरै सक्रियता देखाउलिन् भनेर आँकलन गरेनन् । उनले राष्ट्रप्रमुख भइसकेको मान्छे सक्रिय राजनीतिमा फर्किँदा संस्थागतरूपमा प्रणालीमाथिको प्रभाव बुझाउँथे होलान् ।
यो महिना दिनको अवधिमा पूर्वराष्ट्रपति भण्डारीले सेवा सुविधा त्यागदेखि सार्वजनिक मञ्चबाट राजनीतिक अभिव्यक्ति दिन थालिसकेपछि ओली राजनीतिक सल्लाह पनि लिए, कांग्रेस सभापतिले सही नहुने सुझाव दिएका खबर पनि सार्वजनिक भए ।

तर, पार्टीका तल्लो तहसम्मका नेता कार्यकर्ता एक हदसम्म विभाजित भइसकेका छन् । पार्टीलाई बलियो बनाएर यो तहसम्म ल्याउन दुबै नेताले यसरी सार्वजनिकरूपमा होइन व्यक्तिगत भेटहरूबाट नतिजा निकाल्ने गरेका थिए ।
नेकपा एमालेको सचिवालय, पोलिटब्यूरो बैठकमा बलियोसँग पूर्व राष्ट्रपति पार्टीको सदस्य बन्न नहुने तर्क आएको र केही आउनुपर्ने तर्क आइरहेको बीचमा भण्डारीले नै सम्पर्क गरेर प्रधानमन्त्री ओलीलाई च्यासल बोलाइन् । उनले पार्टी कार्यालयमा नै भेट्न आह्वान गरिन् ।
नेकपा एमालेका एक नेता भन्छन्, ‘सार्वजनिक घोषणा गरेर सक्रिय राजनीतिमा आउने निर्णय गरिसकेपछि अन्त भन्दा कार्यकर्ताहरूबीच आफ्नै पार्टीको कार्यालयमा भेट्न सहज लागेर उहाँले पार्टी मुख्यालय नै रोज्नुभएको हो ।’
नेकपा एमाले स्रोतका अनुसार उनैले सम्पर्क गरेर भेट्ने र स्थान तय गरेकी थिइन् । सोहीअनुसार एक घण्टा ढिला गरी ओली च्यासल पुगेका छन् । उनीहरूबीच वान टू वान वार्ता चलिरहेको छ ।

Leave a Reply