चक्रपथ सडक विस्तार: काम अघि नबढ्दा ढाक्यो झारले

काठमाडाैं ।  चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि सुकेधारा धोबीखोला सडक वर्षा सँगै घाँस र झार उम्रेर हरियाली भएको छ ।
सो सडक विस्तारमा ढिला गरिंदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडि बढाए पनि बाँकी काम हुन सकेको छैन ।

हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ ।

त्यसै गरी नारायणगोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भइरहेको छ । तस्बिर स् नेपाल फोटो लाइब्रेरी ।

default

default

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *