अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपालको सम्बोधन

काठमाडौं । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष डा. सितलकाजी श्रेष्ठले सम्बोधन गरेका छन् ।

महासभामा सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्कसहरुले गरेको योगदानको चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको बिकासमा सहयोग गर्न अन्य राष्ट्रहरुसँग सहकार्यको आह्रान गरेका हुन् ।

साथै विश्व भेटेरिनरी एसोसिएसनको कुनै पनि खालको कार्यक्रम नेपालले आयोजना गर्न सदैब तयार रहेको कुरा पनि उल्लेख गरे । सम्बोधनकै क्रममा डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसन चाँडै विश्व भेटेरिनरी एसोसिएसनको सदस्यता लिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसिमा जुलाई १८ मा भएको उक्त महासभामा सार्क भेटेरिनरी एसोसिएसनको पनि प्रतिनिधित्व भएको थियो।

डा.श्रेष्ठ सार्क भेटेरिनरी एसोसिएसनको महासचिब समेत हुन् । जुलाई १८ मा भएको उक्त महासभामा ९० राष्ट्रबाट सहभागिता भएको थियो । नेपाल लगायत अन्य ४ राष्ट्रबाट उक्त महासभामा सम्बोधन गरेका थिए।

महासभामा डा. श्रेष्ठले श्रीलङ्का, टाइवान, जापान, कोरिया र फिलिपिन्स भेटेरिनरी एसोसिएसनको अध्यक्षहरुसँग शिष्टाचार भेटघाट समेत गरे ।
२०२५ को महासभा जापनको टोकियोमा हुनेछ । नेपाल सन् १९९८ बाट विश्व भेटेरिनरी एसोसिएसनको सदस्य राष्ट्र भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *